दक्षिणी चिनियाँ सहर ग्वान्झाउमा आज एउटा पानी जहाज पुलमा ठोक्किँदा सार्वजनिक बससहित पाँचवटा गाडी नदीमा खसेका छन् । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तीन जना अझै बेपत्ता छन् । जहाज पुलमा ठोक्किँदा पुलको एक भागसमेत भत्किएको छ ।

जहाजले सामान भने नबोकेको चिनिया सञ्चारमाध्यमले जनाएका छन । जहाजका कप्तानलाई हिरासतमा लिइएको छ । जहाजको स्वामित्वमा रहेको कम्पनीले अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ । ग्वान्झाउ पर्ल नदीको डेल्टामा अवस्थित छ र मुख्य भूमि चीनको सबैभन्दा व्यस्त बन्दरगाहमध्ये एक हो । यो घटना भएको जिल्ला नान्शा दक्षिणी चीनको सबैभन्दा छिटो बढिरहेको बन्दरगाह हो । सन् २००४ मा खोलिएदेखि हरेक वर्ष कार्गोको मात्रा बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय