काठमाडौं । नेपाल त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा पराजित भएको छ ।

बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १८५ रनको लक्ष्य पछ्याएको नेपाल, २ रनले पराजित भएको हो । नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो । टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । अन्तिम ओभरमा नेदरल्याण्ड्सका वेन डेर मेर्वेले दुई विकेट लिएपछि जितको नजिक पुगेको नेपालले हार व्यहोरेको हो । अन्तिम ओभरमा नेपालका करन केसी रन आउट भए, ६३ रनको शानदार इनिङ्स खेलेका दीपेन्द्र सिंह ऐरी बोल्ड हुन पुगे । कप्तान रोहित पौडेलले ५० रनको योगदान गरे ।

 

१ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले कुशल भर्तेललाई शुन्य रनमा गुमायो । आरिफ शेख र कप्तान रोहितल दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गरे । कुशल मल्ले ११ र सन्दीप जोराले ८ रन बनाए । सोमपाल कामी शुन्य रनमा आउट भए । गुलसन झा र प्रतिश जिसी शुन्य रनमा अविजित रहे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय