चन्द्रागिरि नगरपालिका, काठमाडौँद्वारा मंसिर १९ गतेदेखि आयोजना हुन लागेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्बन्धमा नगरबासीलाई जानकारी गराउने उद्देश्यले एक पत्रकार सम्मेलन सम्पन्न भएको छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० बमोजिम नगर प्रमुखको संयोजकत्वमा १५ सदस्यीय स्थानीय तह स्तरीय व्यवस्थापन तथा निर्देशन समिति गठन गरिएको छ, जसले सम्पूर्ण प्रतियोगिता व्यवस्थापन गर्नेछ।

प्रतियोगितामा समावेश खेलहरू

भलिबल, कबड्डी, एथलेटिक्स र मार्शल आर्ट लगायतका विधाहरू समावेश गरिएका छन्। उद्घाटन कार्यक्रम मंसिर १९ गते शुक्रबार बिहान १०:३० बजे नैकाप फुटबल मैदानमा हुनेछ।

प्रतिस्पर्धा हुने खेलका स्थान

भलिबल : न्यू डायमन्ड यूथ स्पोर्ट्स क्लब, पुरानो नैकाप

कबड्डी : मंगलोदय माध्यमिक विद्यालय, नाथकोट

२ हजारभन्दा बढी खेलाडी सहभागी

प्रतियोगितामा १,१४८ छात्र र ९२४ छात्रा गरी २,००० भन्दा बढी विद्यार्थीको सहभागिता रहनेछ।

१८८ पदक वितरण

विभिन्न खेल विधामा कुल १८८ पदक वितरण गरिनेछ।

भलिबल : २ स्वर्ण, २ रजत, २ कास्य

कबड्डी : २ स्वर्ण, २ रजत, ४ कास्य

एथलेटिक्स : २६ स्वर्ण, २६ रजत, २६ कास्य

मार्शल आर्ट : २४ स्वर्ण, २४ रजत, २८ कास्य

चन्द्रागिरि नगरपालिका खेलकुदको विकास, विद्यार्थीको क्षमता अभिवृद्धि र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्यसहित यो प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्ने तयारीमा जुटेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय