एमालेबाट बारा क्षेत्र नम्बर १ कका प्रदेश सभा सदस्यका उम्मेदवार त्रिलोकी प्रसाद चौधरीले आफुलाई जनताले दिएको जिम्मेवारीलाई दिनरात नभनी पुरा गरेको बताएका छन ।

उनले २०७४ मा जनताले निर्वाचित गरेर पठाएपछि जनताकै चाहाना अनुरुप यस क्षेत्रको निम्ती जेष्ठ नागरिकदेखि, विभिन्न जाती, पिछडा वर्ग, अपङ्गता भएको ब्यक्ति, महिला, सिमान्तकृत समुदाय, स्वास्थ्य, शिक्षा, बिकास निमार्ण तथा पर्यटन क्षेत्र लगाएतमा बिकाश गरेको छु तर आफु काममा विश्वास गर्ने ब्यक्ति भएको हुँदा भोलीवादमा विश्वास नगर्ने र काममा विश्वास गर्ने भएका कारण प्रचारप्रसारमा ध्यान नदिएको उनले बताए ।

नेपालमा विभिन्न बिकाशका कार्य हुने तर त्यसको परिणाम नदेखिने गरेको भन्ने गुनासो तर आफुले जनताले देखिने गरि कार्यक्षेत्रमा चुस्त दुरुस्त ढंगबाट काम गर्न आफुले पहल गर्ने समेत गरेको उनको भनाई छ ।

‘यहाँ काम कम गर्ने र प्रचार धेरै गर्नेको आवज ठुलो हुदो रहेछ, प्रचारप्रसार गरेर साने कामलाई पनि ठुलो काम गरेको भन्नेको भिड छ, मलाई अचम्म लाग्छ, मैले गत ५ वर्षमा निकै काम गरे तर प्रचार प्रसारमा खासै ध्यान दिईन यो मेरो कम्जोरी रयो’ प्रदेश सभा सदस्यका उम्मेदवार चौधरी भन्छन, मेरो विषयमा भन्दा मैले यसअघिको कार्यकालमा गरेका बेलाको कामलाई हेर्नुस् । मैले अहिले बढाइचढाइ गरिराख्नु पर्दैन । त्यो सबैले देख्नुभएको छ ।

प्रदेश सभा सदस्यका उम्मेदवार चौधरीले आफू आश्वसन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरू पुरा गर्ने बताए । उनले आफ्नो निर्वाचन क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सुकुम्बासी समस्यालगायतका क्षेत्रमा मुख्य रुपमा यो पटक काम गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय