काठमाडौं । नेपाल र क्यानाडाबीच तीन खेलको एक दिवसीय क्रिकेट सिरिज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी छ ।

नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । नेपाल र क्यानडाले एक दिवसीय मान्यता पाएपछिको यो पहिलो प्रतियोगिता हो । नेपालले आजको खेलमा सूर्य तामाङ र रिजन ढकाललाई डेब्यू गराएको छ । रिजन तीब्र गतिका बलर हुन् भने सूर्य स्पिनर हुन् ।

माघ २९ गतेसम्म हुने सिरिजमा नेपालले ३ खेल खेल्नेछ । सिरिजमा २७ गते शनिबार दोस्रो तथा २९ गते सोमबार अन्तिम खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय