काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केही बेरमा सुरु हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएसँगै नेदरल्याण्ड्सलाई खेल जित्नैपर्ने दबाब छ । ​दुई देशबीच अहिलेसम्म तीन एकदिवसीय खेल भएका छन् । नेदरल्याण्ड्सले २, नेपालले एक खेल जितेको छ ।

लिग–२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनोट हुनेछ भने पछाडि रहेका चार देशले पनि विश्वकपमा छनोट हुने अवसर पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय