कैलाली- कैलालीमा फेरि गुड्दै गरेको ट्रकमा आगलागी भएको छ । बिरगंजबाट धनगढी जादै गरेको लाइटर, औषधि र खुर्सानी बोकेको प्र।३००१ ख। ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो। जिल्लाको बर्दगोरिया गाउँपालिका–१ कट्टिपुर मुडामा गुड्दै गरेको ट्रकमा आगलागी भएको प्रहरी जनाएको छ। आगो नियन्त्रणमा आइसके पनि क्षतिको पूर्ण विवरण आएको छैन्।

प्रहरीका अनुसार झण्डै १० प्रतिशत लाइटर, औषधि र खुर्सानी जलेको छ। साथै आगलागीबाट ट्रकको अगाडीको भागमा क्षति पुगेको छ। आगलागीको कारण भने खुलेको छैन्। केहि समय अगाडी कैलालीकै चीसापानीमा पनी लाईटर बोकेको ट्रकमा आगलागी भएको थियो भने पुलमा समेत क्षती पुग्दा पुलबाट सवारी साधनलाई आवत जावतमा रोक लगाई पुलको क्षमताको अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय