काठमाडौं । बैतडीमा शुक्रबार बिहान ट्रयाक्टर दुर्घटना भएको छ ।

बैतडीको सुर्नयाबाट खोडपे जाँदै गरेको से २ त ३६७८ नम्बरको ट्रयाक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटनामा परेको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्रयाक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका ३० वर्षीय राजेश चौधरी र बैतडीको पाटन नगरपालिका– १० पनालीका ५० वर्षीय मानबहादुर बिष्टको मृत्यु भएको हो ।ट्रयाक्टर सडकबाट २ सय मिटर तल खसेको छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय