भोजपुर- निर्माणको अन्तिम चरणमा भाँचिएको कावा खोला पक्की पुल निर्माणको काम पुनः शुचारु भएको छ । यहाँ निर्माण भईरहेको पुल करिव ९० प्रतिशत काम सम्पन्न भएपछि २०७८ मंसिरमा भाँचिएको थियो । भाँचिएको पुल निर्माण थालिएसँगै स्थानीयमा उत्साह थपिएको छ ।

निर्माणको क्रममा २०७८ मंसिर महिनामा भाँचिएको भोजपुरको हतुवागढी गाउँपालिका –२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने कावा खोला पुलको पुनः निर्माणको काम शुरु भएको छ । निर्माणको अन्तिम चरणमा रहेको उक्त पुल ९० प्रतिशत काम सम्पन्न भएपछि भाँचिएको थियो । पुल पुनः निर्माणको काम शुरु भएपछि स्थानीय उत्साहित भएका छन् । पुल निर्माण सम्पन्न भएपछि जोखिम मोलेर खोलाबाट सवारी साधन तार्नु पर्ने बाध्यताको अन्त्य हुनेमा स्थानीयबासी आशावादी रहेका छन् ।

कावा खोलामा स्विस सरकारको सहयोगमा २०७६ फागुन १२ मा शिलान्यास गरेर कामको थालनी भएको थियो । निर्माणको क्रममा पुल भाँचिएपछि स्थानीयमा निराशा बढेको थियो । तर २०८० फागुन महिनाबाट पुलको पुनः निर्माण थालिएको हो । साठी प्रतिशत काम सकिएको पुल निर्माण वैशाख महिना भित्र सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ ।

पुनः निर्माण भईरहेको पुलको कामलाई गुणस्तरियढंगले चाडो सम्पन्न गराउन पहल कदमी गरिरहेको हतुवागढी गाउँपालिकाले जनाएको छ । ढिलै भएपनि भाँचिएको पुल निर्माण शुरु भएकाले स्थानीयमा उत्साह बढेको छ ।

स्टिल ट्रस ओपन फाउन्डेसनमा बन्ने यो पुल एक स्पानको रहने जनाइएको छ । पुल ४५ मिटर लम्वाई, ६ मिटर चौडाई र १ दशमलब २० मिटरको दुवै तिर पैदल हिड्न मिल्ने गरी निर्माण हुनेछ । पुलको लागत भ्याटसहित ४ करोड ६२ लाख ७४ हजार ९१० रहेको छ । रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय