नेपालगञ्ज- पूर्वराजा ज्ञानेन्द्र शाहले आज नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । एक हप्तादेखि नेपालगञ्जमा बसिरहेका पूर्वराजा शाहले बिहान पश्चिम नेपालकै प्रसिद्ध बागेश्वरी मन्दिरको दर्शन गरेका हुन । पूर्वराजासँगै पारस, शिताष्मा र प्रेरणाले बागेश्वरीको दर्शनका लागि पुगेका थिए ।

पूर्वराजा चैत्र २१ गतेदेखि नेपालगन्जमा छन । चैत्र २४ गते जुम्लामा उनको नागरिक अभिनन्दन गरिएको थियो । उनले नयाँ वर्ष नेपालगञ्जमै मनाउने तयारी गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय