अमेरिकाको रोड आइल्याण्डस्थित ब्राउन विश्वविद्यालयमा गोलीबारी हुँदा दुई जनाको मृत्यु भएको छ ।आठ जना गम्भीर घाइते भएका छन्। घाइतेहरुको अबस्था गम्भीर रहेकाले हताहतको संख्या बढ्न सक्ने शहरका मेयर ब्रेट स्माइलीले बताएका छन् । गोलीकाण्ड हुँदा विश्वविद्यालयमा परीक्षा भइरहेको थियो। क्याम्पसको पूर्वी छेउमा अवस्थित बारुस एण्ड होली इन्जिनियरिङ भवनमा घटना भएको प्रहरीले जनाएको छ । आक्रमकारीको खोजी भैरहेको प्रहरीले जनाएको छ । आक्रमणको कारण खुलेको छैन । ब्राउन विश्वविद्यालय अमेरिकाको सबैभन्दा पुरानो र प्रतिष्ठित विश्वविद्यालयहरू मध्ये एक हो।







