काठमाडौं । माल्दिभ्समा आयोजना हुने फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसीपमा नेपालले भाग लिने भएको छ । त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको कार्यालयमा नेपाल बास्केटबल संघले अर्को साता माल्दिभ्यसमा हुने च्याम्पियनसीपमा सहभागिता जनाउने बताएको हो ।
च्याम्पियनसीपमा नेपालसँगै बंगलादेश, माल्दिभ्स, पाकिस्तान र भुटानको सहभागिता रहने छ । च्याम्पियनसीपमा नेपालको तर्फबाट सदिश प्रधान, विजय बुर्जा, निकेश रखाल मगर, मबिन्द्र भण्डारी, विनोद महर्जन, अजय कुशवाह, दिभेश्वर साह, निश्चल महर्जन, मनिस केसी र आयुष सिंह रहेको संघले जनाएको छ । नेपाली टोलीको प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ, टिम म्यानेजर सुशील गुरुङ छने भने कप्तान सदिश प्रधान रहेका छन् ।



नेपाली टोली आगामी सोमबार माल्दिभ्स प्रस्थान गर्दैछ । खेल जुन १४ देखि २२ सम्म चल्ने छ ।




