काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर–७ को कार्यालयमा लगाइएको ताला खुलेको छ । स्थानीय र जनप्रतिनिधिबीच अबका दिनमा कुनै पनि योजनाको काम अघि बढाउँदा सल्लाह गरेर अघि बढ्ने र आगामी आर्थिक वर्षमा त्यस क्षेत्रमा आवश्यकता हेरेर योजना हाल्ने सहमति भएपछि वडा कार्यालयमा लगाइएको ताला खुलेको हो ।

वडा अध्यक्ष शम्भु केसी नभएको समयमा कार्यबहाक वडा अध्यक्ष भुवन केसीलगायत अन्य जनप्रतिनिधिहरुले छुट्याइएका योजनालाई अन्यत्र लगिएको भन्दै स्थानीयले वडा कार्यालयमा ताला लगाएका थिए । वनदेवी मन्दिर निर्माणको लागि ७ लाख, वनदेवी सामुदायिक भवन मर्मत सुधारको लागि ३ लाख, वनदेवी स्कुल मर्मत सुधारको लागि ८ लाख र वनदेवी मन्दिर अगाडी ढुंगा छाप्नेको लागि ५ लाखको बजेट जनप्रतिनिधिले स्थानीयसँग कुनै सल्लाह नै नगरी अन्यत्र लगेको भन्दै आक्रोशित भएका थिए ।

कार्यालय बन्द हुँदा वडाको सम्पूर्ण काम केही घण्टा ठप्प हुन पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय