मोरङ – पिण्डेश्वरमा हुने संकटमोचन महायज्ञमा सहभागी हुन बागेश्वर धाम सरकार नेपाल आईपुगेका छन । सुनसरीको चतराधाममा जारी बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा पनी कथा वाचन गर्न बागेश्वर बाबा आइपुगेको बुझिएको । उनलाई साथै लिएर आउन चतराधामका गुरु सिद्ध बाबा पुगेका थिए । चतराधामको बरपिपल चोकबाट बागेश्वरसभालाई सशस्त्र प्रहरी बलको बाजागाजासहितको झांकीले स्वागत गरेको थियो । भारतीय गुरुले वैशाख ९ गतेसम्म कथा वाचन गर्ने आयोजकले जनाएको छ ।

सिद्धबाबाको नाम परिसरमा अखण्ड यज्ञ भइरहेको छ । भारतीय गुरुलाई स्वागत गर्न कोसी प्रदेशका मन्त्री, प्रदेशका प्रहरी प्रमुख, उधोगी व्यवसायी र अनुयायीको घुइँचो लागेको छ । महाकुम्भ मेला राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय