काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त हुनुभएको छ । कार्य सम्पादन मूल्याकंनमा सबैभन्दा धेरै नम्बर (प्राप्ताङक ७७ दशमलव १९४) प्राप्त गर्दै सुवेदीले प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी पाउनु भएको हो ।
कार्यकारी निर्देशकका लागि सुवेदीसँगै अन्य दुई निर्देशकहरु कमलराज रेग्मी र पुजन ढुंगेल (अधिकारी) पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।



कार्यकारी निर्देशक राजु रमण पौडेलको अवकाशपछि प्राधिकरणमा कार्यकारी निर्देशकको पद रिक्त हुन पुगेको थियो ।
सुवेदी चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा हुन् ।
यसैगरी प्राधिकरणमा अहिले अध्यक्ष नियुक्तिको प्रक्रिया पनि अघि बढेको छ।




