काठमाडौं, ८ सेप्टेम्बर २०२५ — सामाजिक सञ्जाल बन्दको विरोध र भ्रष्टाचारविरुद्धको दीर्घकालीन असन्तोष एकैसाथ विस्फोट हुँदा देशव्यापी आन्दोलन हिंसात्मक बनेको छ। राजधानी काठमाडौंसहित पोखरा, विराटनगर, इटहरी लगायतका शहरहरूमा सोमबार बिहानदेखि सुरु भएको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच व्यापक झडप हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। सरकारले केही दिनअघि स्थानीय दर्ता र प्रतिनिधि तोक्ने प्रावधान नमान्ने दर्जनौँ सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने आदेश दिएको थियो। यो निर्णयलाई युवापुस्ताले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहारको रूपमा बुझ्दै सडकमा उत्रिएका थिए। आन्दोलनको अगुवाइ मुख्यतया जेन(जी पुस्ताले गरेका थिए, जसले बिहानै मैतिदेवी र नयाँ बानेश्वरस्थित संघीय संसद् परिसर अगाडि ठूलो भेला आयोजना गरेका थिए।



हिंसात्मक झडप
सुरुवाती शान्तिपूर्ण र्याली चाँडै नियन्त्रण बाहिर जाँदा प्रहरीले पानीको फोहोरा, अश्रुग्याँस, लाठीचार्ज, रबरको गोली प्रयोग गर्यो। प्रत्यक्षदर्शीहरूले प्रहरीले ूअन्धाधुन्धू गोली चलाएको दाबी गरेका छन्। केही मिडियाले सुरक्षाकर्मीले जिवित गोली प्रयोग गरेको पुष्टि गरेका छन्। च्भगतभचक का अनुसार देशभर १९ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन्। Al Jazeera ले काठमाडौंमै करिब १४ जनाको मृत्यु भएको उल्लेख गरेको छ। धेरै घाइतेको अवस्था गम्भीर रहेको चिकित्सकहरूले जनाएका छन्।
अस्पतालमा भीड
त्रिवि शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको ठूलो चाप देखिएको छ। डा। बद्री रिसालका अनुसार धेरै बिरामीले टाउको र छातीमा गम्भीर चोटपटक पाएका छन् र उपचारकै क्रममा केहीको ज्यान गएको छ। परिवारजन अस्पताल बाहिर बाक्लो संख्यामा जम्मा भएका छन् भने रक्तदानका लागि युवाहरू लामबद्ध भएका छन्।
दुवैतर्फबाट आक्रोश
प्रदर्शनकारीहरूले कम्तीमा एक सरकारी गाडीमा आगजनी गरेका छन् भने ढुंगामुढा गरेर प्रहरीलाई चुनौती दिएका छन्। स्थिति नियन्त्रणमा लिन सरकारले संसद् क्षेत्र वरिपरि सेनासमेत परिचालन गरेको छ।
पृष्ठभूमि र राजनीतिक असर
सामाजिक सञ्जाल कम्पनीलाई नेपालमा दर्ता गर्न र गुनासो अधिकारीू तोक्न दिइएको समयसीमा सकिएपछि सरकारले प्रतिबन्ध लगाएको थियो। केही स्थानीय एप मात्र खुला छन्, तर विश्वव्यापी लोकप्रिय प्लेटफर्महरू बन्द गरिएका छन्।मानव अधिकार समूह र सञ्चारकर्मीहरूले यो निर्णयले अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर आघात पुर्याएको भन्दै आपत्ति जनाएका छन्। अहिलेको आन्दोलन सामाजिक सञ्जाल पुनः खोल्न मात्र सीमित नभई व्यापक भ्रष्टाचारविरोधी युवा विद्रोहको स्वरूप लिएको छ। लेखक पुरक कार्की




