कैलाली — जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले कैलाली कारागार कब्जा गरेपछि सबै कैदीबन्दी रिहा भएका छन्। स्रोतका अनुसार आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले कारागारको नियन्त्रण आफ्नो हातमा लिएपछि कैदीबन्दीलाई स्वतन्त्र रूपमा बाहिर पठाइएको हो।यो कारागार केही समयअघि मात्र दुई समूहबीच भएको झडपका कारण पनि चर्चामा आएको थियो। त्यतिबेला कैदीबन्दीहरूले आफ्नै नियन्त्रणमा रहेर स्थिति स्थिर राखेका थिए।

हाल प्रदर्शनकारीले कारागार परिसरमा नियन्त्रण कायम गरेका छन् र स्थानीय सुरक्षा निकायहरूले घटनास्थलमा पुगेर स्थिति व्यवस्थापनका प्रयास गरिरहेका छन्।जेनजी आन्दोलन सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार र सरकारी बेथितिप्रति असन्तुष्टि व्यक्त गर्दै देशभर फैलिएको छ। राजधानीसहित अन्य शहरहरूमा पनि सरकारी कार्यालय, पार्टी कार्यालय र नेताहरूका निवासमाथि तोडफोड र आगजनी जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय