काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमार्फत आफूलाई ‘नेपो बेबी’ भन्दै गरिएको आलोचनामा प्रतिक्रिया दिएकी छन्। उनले आफूमाथि लागेको दुष्प्रचारलाई तथ्य र तर्कसहित खण्डन गरेकी हुन्। श्रृंखलाले विशेषगरी पिताको राजनीतिक हैसियत दुरुपयोग गरेको आरोपबारे आफ्नो भनाइ सार्वजनिक गरिन्। उनले आफू कुनै विशेषाधिकारको भरमा होइन, आफ्नै क्षमतामा अहिलेको स्थानमा पुगेको बताइन्।

उनको भनाइमा, मिस नेपाल बनेपछि उनले विभिन्न ब्रान्डसँगको सहकार्यमार्फत करिब तीन करोड १२ लाख रुपैयाँ कमाएकी थिइन्। त्यसमध्ये एक करोड ४० लाख रुपैयाँ हार्वर्ड विश्वविद्यालयमा अध्ययनका क्रममा खर्च भएको उनले स्पष्ट पारिन्। “मैले करदाताको पैसा होइन, आफैंले कमाएको रकम प्रयोग गरेर विदेशमा पढेकी हुँ,” श्रृंखलाले भनिन्।

उनले आफ्नो बाल्यकाल र जीवनशैलीबारे पनि प्रष्ट्याउँदै आफू सामान्य परिवारमा हुर्किएको बताइन्। “लक्जरी भन्ने कुरा मेरो जीवनमा थिएन। स्कुल, लुगा र जीवनशैली आज पनि इन्स्टाग्राममा खुलेआम हेर्न सकिन्छ,” उनको भनाइ छ।समाजिक सञ्जालमा भइरहेको नकारात्मक टिप्पणीप्रति दुःख व्यक्त गर्दै उनले मानिसहरू लाइक र भ्यूजको दौडमा मानवता हराउँदै गएको टिप्पणी गरिन्। “यस्ता आधारहीन आरोप महिलामाथि बोक्सीको आरोप लगाएको जस्तै हो। प्रमाणबिनाका यी आरोपहरू केवल अनुमान मात्र हुन्,” उनले भनेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय