हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ स्थित न्यालु सडकखण्ड सञ्चालनमा आएको छ । गएको सोमबार परेको हिमपातले बाह्र दिन यतादखि सडकमा हिउँ जमेका कारण बन्द भएको न्यालु सडक हिउँ पन्छाएपछि सञ्चालनमा आएको छ । पूर्वधार विकास कार्यालय हुम्लाले न्यालु सढडकमा जमेको हिउँ पन्छाउनका लागि सदरमुकाम सिमकोटबाट स्काभेटर पठाएर सडकमा जमेको हिउँ पन्छाएपछि सडक सुचारु भएको सोही कार्यालयका प्रमुख नरेशराज जैसीले बताउनुभयो । सडकमा जमेको चार फिट हिउँ तीन दिन लगाएर डोजरले पन्छाएपछि विहिबारबाट यातायातका साधनले सहज रुपमा आवतजावत गरिरहेका छन् ।

लिमीको तुम्लिङमा फसेका ६ गाडीहरु विहिबार सदरमुकाम सिमकोट पुगेका छन् । भने लिमी उपत्याका घुम्न गएर हिमपातपछि सकड अवरुद्ध भएर तुम्लिङमा रोकिएका चालीस जनाभन्दा बढी यात्रु सकुशल सदरमुकाम सिमकोट पुगेका छन् । लिमी उपत्याका दशैँ विदाको समयमा आन्तरिक पर्यटकको ठूलो संख्यामा यहाँबाट मानसरोवर कैलाशको दुरदर्शन गर्न पुगेका थिए ।

तुम्लिङमा फसेका ६ भारतीय नागरीक र अन्य केही स्थानीयहरु लिमीको तील गाउँ हुँदै हिल्सा भएर सिमकोट आउन लागेका छन् । तील गाउँबाट हिल्सा पुग्न पैदल यात्रामा दुई दिनसम्म लाग्ने गर्दछन । उनीहरु घुम्न आएकाले चाडो सदरमुकाम पुग्नका लागि हिल्सा हुँदै नारा भएर आउन थालेका हुन् । हिलसा, नारा क्षेत्रको सडकमा हिउँ कम परेका कारण यो सडक एक, दुई दिन बन्द भएपनि त्यसपछि हिउँ विलाएर गएपछि नियमीत सुचारु भएको थियो । तर न्यालु सडक पाँच हजार मिटरको उचाईमा रहेकाले यहाँको सडकखण्डमा बाक्लो हिउँ जमेको थियो ।

हिमपातपछि लिमी उपत्यामा यतिबेला चिसो अत्यधिक बढ्दै गएको छ । यहाँको तापक्रम विहान बेलुका माइनसमा हुने गरेको छ । विहान बेलुकाको समयमा चिसो हुँदा घरबाहिर निस्कन समेत यहाँका नागरीकलाई समस्या हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय