काठमाडौं । कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सञ्चालन गरेको छ । पहिलो चरण (सुर्खेत उपत्यकास्थित प्रहरी युनिटहरू)का आज र हिजो उक्त कार्यक्रम सञ्चालन भएको हो ।

सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी अस्पताल प्रमुख डा. श्यामकृष्ण लौडारीले गणमा कार्यरत प्रहरी कर्मचारी ३८ महिला र १९१ पुरुष गरी २२९ जनाको स्वास्थ्य परीक्षण तथा बिएमआई जाँच गरिएको छ । टोलीले राजमार्ग सुरक्षा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी एक महिला र ४७ पुरुष गरी जम्मा ४८ जनाको स्वास्थ्य तथा बिएमआई परीक्षण गरेको हो ।

यस्तै कार्यक्रम हुम्लामा पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय