काठमाडौं । प्रहरी वृत्त थानकोटले एक दिने स्वास्थ्य शिविर संचालन गरेको छ । समुदाय–प्रहरी साझेदारी अन्तरगतको ‘हाम्रो प्रहरी’ कार्यक्रम अन्तरगत प्रहरी वृत्त थानकोटले चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ स्थित मसिनेमा स्वास्थ्य शिविरको आयोजना गरेको हो ।




नेपाल प्रहरी अस्पताल महाराजगञ्जका वरिष्ठ स्त्री रोग विशेषज्ञ, दन्त रोग विशेषज्ञ तथा अन्य वरिष्ठ चिकित्सकहरुद्वारा स्वास्थ्य चेकजाँच गरिएको थियो । शिविरमा पुरुष ४१ र महिला ८५ गरेर १२६ जनाले स्वास्थ्य चेकजाँच गरेका थिए ।

प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) एलिजा गिरीले प्रहरी सधै जनतासँगै रहेको महसुस गराउनका लागि स्वास्थ्य शिविर आयोजना गरिएको बताउनु भयो । उहाँले जनताले प्रहरीलाई हेर्ने दृष्टिकोण फरक बन्दै गएकोले त्यस्तो भ्रमलाई चिर्न हाम्रो प्रहरी, जनताको प्रहरी भन्ने महसुस गराउकै लागि जेनजी आन्दोलनपछि पहिलो पटक पुनः प्रत्यक्षरुपमा जनतामाझ नै पुग्ने उद्देश्यले शिविरको आयोजना गरिएको बताउनु भयो ।

युवा व्यवसायी तथा समाजसेवी ईश्वर लामाले पछिल्लो समय प्रहरीको मनोबल कमजोर भइरहेको अवस्थामा जनतासँग प्रत्यक्ष जोडिने प्रयास स्रहानीय भएको भन्दै धन्यवाद समेत दिनुभयो ।
समुदाय लक्षित स्त्री रोग तथा विविध स्वास्थ्य सेवासहितको स्वास्थ्य परिक्षण गरिएको र शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।




