काठमाडौं – अध्यागमन विभागले नेपाल भ्रमणमा आएका विदेशी नागरिकको अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सुरु गरेको छ। बिहीबार भृकुटीमण्डपस्थित पुलिस क्लबमा गृहमन्त्री ओमप्रकाश अर्यालले यस प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन्।मन्त्री अर्यालका अनुसार नयाँ प्रणालीले विदेशी पर्यटकको भ्रमण सुरक्षा सुनिश्चित गर्ने, सूचना प्रवाहमा सहजीकरण गर्ने, सम्भावित अपराध नियन्त्रणमा सहयोग गर्ने र नेपालको पर्यटन प्रवर्धनमा सकारात्मक भूमिका खेल्नेछ। उनले यस प्रणालीले आसन्न निर्वाचनमा पनि स्वच्छ र सुरक्षित वातावरण सुनिश्चित गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे।

अध्यागमन विभागले असोज १ गतेदेखि काठमाडौंका तारे होटलमा बस्ने विदेशी नागरिकहरूको पहिलो चरणको डिजिटल दर्ता र अनुगमन प्रणाली लागू गरिसकेको छ। प्रणालीअनुसार, विमानस्थलमा ओर्लिने विदेशीले होटलमा पुग्नु अघि आफ्नो विवरण अनलाइन प्रणालीमा इन्ट्री गर्नुपर्छ। इन्ट्री भएपछि जेनेरेट हुने त्तच् कोडमार्फत सेवा प्रदायकहरूले विदेशी नागरिकको विवरण विभागमा पठाउनुपर्ने व्यवस्था गरिएको छ। यस प्रणालीलाई क्रमशः देशभरका तारे होटल, अन्य होटल तथा गेस्ट हाउस, एयरलाइन्स, टुर एण्ड ट्राभल्स कम्पनी र मनी एक्सचेन्जमा पनि विस्तार गर्ने तयारी भइरहेको छ।

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले भने, “यस प्रणालीले विदेशी नागरिकको आवतजावत र बसाइलाई निगरानी गर्न सहज बनाउँछ। साथै, विपद्को समयमा खोजी र उद्धार कार्यमा सहयोग पुग्नेछ र अपराध अनुसन्धानलाई प्रभावकारी बनाउँछ। यसले नेपाललाई विश्वस्तरीय सुरक्षित पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न मद्दत गर्नेछ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय