काठमाडौं – भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा ओलीलाई बोलाउन चाँडै पत्र पठाइने जानकारी दिए।

“ओलीलाई बोलाउने प्रक्रियामा छौं,” कार्कीले भने। सञ्चारकर्मीले आयोगको बोलावटमा उपस्थित नभए के हुन्छ भन्ने प्रश्न गर्दा उनले “आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ” भन्दै आयोगले कानुनी प्रक्रिया अनुसार अघि बढ्ने संकेत दिए।कार्कीका अनुसार निवर्तमान गृहमन्त्री रमेश लेखकको बयान सकिइसकेको छ। बयान सकिएपछि लेखकमाथि लगाइएको स्थान हद फुकुवा गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए। जाँचबुझ आयोगलाई हाल एक महिनाको म्याद थपिएको छ। आयोगले सोही म्यादभित्र आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने दाबी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय