सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएपछि उत्पन्न तनाव अन्त्यका लागि पाँच बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र पीडित पक्षबीच बिहीबार भएको वार्ताबाट सहमति जुटेको हो। बुधबार राति करिब १ बजे भारतबाट सिटी सफारीमा सामान लिएर नेपाल आउँदै गरेका साहमाथि सशस्त्र प्रहरीले गोली चलाउँदा उनको मृत्यु भएको थियो। घटनापछि आक्रोशित स्थानीय र पीडित पक्षले आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा प्रहरीसँग झडप हुनुका साथै सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टमा समेत आक्रमण भएको थियो।

वार्तापछि घटनाको निष्पक्ष छानबिन गर्ने, मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने र रोजगारीको व्यवस्था गर्ने सहमति भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार सहमतिपछि अवस्था सामान्य बनाउने प्रयास भइरहेको छ।

सहमतिका मुख्य बुँदा

छानबिन समिति गठन : सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन, ७ दिनभित्र प्रतिवेदन बुझाउने

क्षतिपूर्तिको सिफारिस : लापरबाही देखिएमा गृह मन्त्रालयमा राहत र क्षतिपूर्तिका लागि सिफारिस

रोजगारीको व्यवस्था : मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रशासनको सहजीकरण

छोरालाई सशस्त्र भर्नामा सहयोग: मृतकका छोराले इच्छा व्यक्त गरेमा नियमानुसार सहयोग

शव व्यवस्थापन : सहमति पश्चात शव पोस्टमार्टमका लागि बुझाएर अन्त्येष्टि प्रक्रिया अघि बढाउने

सहमतिपत्रमा स्थानीय प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र पीडित पक्षका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय