काठमाडौं । चिराइतोको मूल्य घट्दा भोजपुर (लेकाली भेग) का किसानहरु चिन्तित भएका छन् । विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यसपटक अपेक्षाअनुसार मूल्य नपाउँदा खेतीमा संलग्न किसान निराश भएका हुन् ।



गत वर्ष प्रतिमन (४० किलोग्राम) चिराइतो ४१ हजार रुपैयाँसम्म बिक्री भएको तर यस वर्ष प्रतिमन २८ देखि ३० हजार रुपैयाँसम्म पाउन गाह्रो भएको स्थानीय किसान अवस्था नभएको गुणराज राउत बताउँछन् ।
गत वर्षको तुलनामा उत्पादन नघटेको तर मूल्य अस्थिर भई बजार माग घट्दा किसानलाई ठूलो असर परेको उहाँ बताउनु हुन्छ ।
टेम्केमैयुङ गाउँपालिकाले चिराईतो भारत, चीन र बङ्गलादेशलगायत मुलुकमा निर्यात हुने गरेको बताउँछ ।




