झापा, पुष १९ । झापाको कन्काई –४ स्थित कन्काई पुलनजिक आज बिहान भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाले तयारी गरिरहेको छ ।

सडक छेउमा रहेको सो वस्तुलाई निष्क्रिय पार्न कन्काई पुल मुनि लगिएको छ । अरिदमन गण चारआलीबाट मेजर आनन्द श्रेष्ठको कमाण्डमा डिस्पोजल टोली गएको गणले जनाएको छ । सो वस्तु बम नभएर प्रेसर कुकरमा तार जोडेको होक्स भएको जनाइएको छ ।

शंकास्पद वस्तु सार्ने क्रममा पूर्वपश्चिम राजमार्गमा यातायात बन्द गरिएको थियो । अहिले सुचारु गरिएको छ । डिस्पोज गर्ने बेलामा फेरि केही समय यातायात बन्द गरिने जनाइएको छ । सो शंकास्पद वस्तुसंगै सनातन सुरक्षा सेना नेपालको पर्चा भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय