भेनेजुएलाको राजधानी कराकसमा गत केही दिनमा भएको शृङ्खलाबद्ध विस्फोट र आक्रमणमा अमेरिका सहभागी भएको पुष्टि भएको छ। रुसी समाचार च्यानल आरटीका अनुसार अमेरिकी जल सेनाले स्थल हमलामा सक्रिय भूमिका खेलेको थियो। घटनाका कारण राष्ट्रपति निकोलस मादुरो र उच्चस्तरीय रक्षा अधिकारीहरू तत्काल सुरक्षित स्थानतर्फ सरेका थिए।भेनेजुएलाले यस घटनाप्रति पहिलो औपचारिक प्रतिक्रिया दिँदै अमेरिका कराकससहित मिरान्दा, अरागुआ र ला गुआइरा राज्यहरूमा आक्रमणमा संलग्न रहेको बताएको छ। सरकारी समाचार च्यानल ८८‘तेलेसुर’८८ले आक्रमणको उद्देश्य तेल र खनिज स्रोत नियन्त्रण गर्ने र देशको राजनीतिक स्वतन्त्रता कमजोर पार्ने रहेको उल्लेख गरेको छ। भेनेजुएलाले यसलाई संयुक्त राष्ट्रसंघको बडापत्रको धारा १ र २को उल्लंघन भनी, यसको वास्तविक उद्देश्य सत्ता परिवर्तन नै रहेको स्पष्ट पारेको छ।

हालसम्म अमेरिकी आक्रमणबाट भएको जनधनको क्षतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। भेनेजुएलाले आन्तरिक सुरक्षा बल र नागरिकलाई सतर्क रहन निर्देशन दिएको छ भने अन्तर्राष्ट्रिय समुदायसँग पनि आपत्तिको जानकारी साझा गरिएको छ। विश्लेषकहरूले यस घटनाले भेनेजुएलाको आन्तरिक सुरक्षा र अन्तर्राष्ट्रिय कूटनीतिमा तनाव सिर्जना गरेको बताएका छन्। यसरी अमेरिकी सहभागितामा भएको हमलाले देशभित्र राजनीतिक अस्थिरता बढाउने र क्षेत्रीय सुरक्षा सम्बन्धमा नयाँ चुनौती थप्ने सम्भावना रहेको चर्चा भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय