काठमाडौं । मंगला गाउँपालिका ताराखेतका बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकमबाट सडकबत्ती जडान गरिएको छ । ताराखेतमा पर्ने बेनी–दरवाङ सडक, पदमार्ग र मंगला गाउँपालिका–३ सातबिसेको सिमकुना जोड्ने झोलुङ्गे पुलमा सडकबत्ती राखिएसँगै रातको समयमा हिडडुल गर्न सहज भएको छ ।
तिहारमा देउसीभैलो खेलेर जुटाएको ३५ हजार रुपैयाँसहित ७० हजारको लागतमा १५ वटा सडकबत्ती जडान गरी ताराखेतलाई झिलीमिली बनाएको स्थानीय बताउँछन् ।



बत्तिकाकारण रातको समयमा हिँडडुल गर्न, दुर्घटना, चोरी, चितुवालगायत वन्यजन्तुको गतिविधि नियन्त्रणमा सहयोग पुगेको छ । सडक बत्तीसँगै अब
फोहर व्यवस्थापन र सीसीटिभी क्यामेरा जडान गर्ने योजना बनेको छ । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकमा पर्ने ताराखेतमा १७ घरपरिवारको बसोबास छ ।




