काठमाडौं-लागू औषध मुद्दामा दोषी ठहर भएर फरार रहेका अखिल नेपाल फुटबल संघ ९एन्फा० उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दावालाई काठमाडौंबाट पक्राउ गरेको हो । झन्डै १७ वर्षअघि भएको फैसलामा ५ वर्ष सजाय भए पनि उनी पक्राउ पर्न सकेका थिएनन्। यहीबीचमा उनी एन्फामा छिरेका थिए ।

प्रहरीको टोलीले २०६१ साउन ८ गते लामालाई ५ ग्राम ब्राउन सुगरसहित बालाजुबाट पक्राउ गरेको थियो । त्यसको एक महिनापछि जिल्ला अदालतले लामालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। २०६२ जेठ १० गते जिल्ला अदालतले लामालाई ६ महिना मात्र कैद सजाय गरेपछि उनी छुटेका थिए। फैसला हुँदा उनी झन्डै १० महिना जेल बसिसकेका थिए।

तर जिल्ला सरकारी वकिल कार्यालय अदालतको उक्त फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेको थियो। तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते लामालाई जिल्लाको फैसला संशोधन गर्दै कैद सजाय ५ वर्ष पुर्‍याएको थियो । उक्त फैसलाविरुद्ध लामा सर्वोच्च अदालत नगएपछि त्यही सजाय अन्तिम ठहर हुन पुगेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय